काठमाडौंमा अनुमतिविना होर्डिङ र डिजिटल बोर्ड राख्न निषेध

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ। अनेरास्ववियुले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ। काठमाडौंमा अबदेखि महानगरको अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध गरिएको छ। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ। चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।

सम्बन्धित सामग्री

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक  नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो ।  डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग...

तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’

दाङ, २ जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा […]

काठमाडौंभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध

५ असोज, काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ । ‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित […]

होर्डिङ बोर्ड हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो। ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। नियम उल्लङ्घन […]

अनुमतिबिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न निर्देशन दिएकाे छ।

काठमाडौं महानगरभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न रोक

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको छ । महानगरले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको हो । अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त पश्चात पनि निरन्तर होर्डिङ बोर्ड र डिजिटल […]

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।

महानगरले बन्द गरायाे 'वर्ल्ड ट्रेड सेन्टर'मा राखिएकाे डिजिटल बाेर्ड

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । निकै ठूलो र चम्किलो डिजिटल बोर्डका कारण चालकको ध्यान मोडिएर दुघर्टनाको जोखिम भएको भन्दै पटक–पटक गुनासो आइरहेको थियो । आज बिहीवार महानगरले डिजिटल बोर्ड नियम विपरीत राखिएको भन्दै आफैँ टोली खटाएर बन्द गराएको हो । यसअघि पनि महानगरले बोर्ड हटाउन निर्देशन दिएको थियो तर सञ्चालकले अटेरी गर्दै आएका थिए । स्वीकृत मापदण्डमा आठ सय स्क्वायर फिटमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न पाइने भए पनि त्रिपुरेश्व...

तारकेश्वर गाउँपालिकाको डिजिटल बोर्ड खरिद प्रकरण : भुक्तानी रोक्का

तारकेश्वर गाउँपालिकाले एलईडी बोर्ड (डिजिटल बोर्ड) खरिदमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको दबी गरेका छन् । उनले खरिद कार्यमा संलग्न कर्मचारीबाट कुनै अनियमितताजन्य कार्य भएको प्रमाण भएमा छानबिन गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धा