तारकेश्वर गाउँपालिकाले एलईडी बोर्ड (डिजिटल बोर्ड) खरिदमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको दबी गरेका छन् । उनले खरिद कार्यमा संलग्न कर्मचारीबाट कुनै अनियमितताजन्य कार्य भएको प्रमाण भएमा छानबिन गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धा