महानगरले बन्द गरायाे 'वर्ल्ड ट्रेड सेन्टर'मा राखिएकाे डिजिटल बाेर्ड

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । निकै ठूलो र चम्किलो डिजिटल बोर्डका कारण चालकको ध्यान मोडिएर दुघर्टनाको जोखिम भएको भन्दै पटक–पटक गुनासो आइरहेको थियो । आज बिहीवार महानगरले डिजिटल बोर्ड नियम विपरीत राखिएको भन्दै आफैँ टोली खटाएर बन्द गराएको हो । यसअघि पनि महानगरले बोर्ड हटाउन निर्देशन दिएको थियो तर सञ्चालकले अटेरी गर्दै आएका थिए । स्वीकृत मापदण्डमा आठ सय स्क्वायर फिटमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न पाइने भए पनि त्रिपुरेश्व...

सम्बन्धित सामग्री

४१ ठूला करदातालाई बालेनको पत्र, ‘१० दिनभित्र राजस्व तिर्नू’ (सूचीसहित)

काठमाडौँ महानगरपालिकाले ४१ वटा ठूला करदातालाई तत्काल सम्पत्ति र घरबहाल कर दाखिला गर्न निर्देशन दिएको छ । व्यक्ति, संघसंस्था, कम्पनी र सरकारी निकायहरुलाई महानगरले बुधबार पत्र पठाउँदै घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर १० दिनभित्र दाखिला गर्न दिएको हो । रेडक्रम, पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई महानगरले पत्र काटेको हो । जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन महानगरले पत्र काटेको हो । बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौँ इन्जिनियरिङ कलेज, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना र सिद्धार्थ वनस्थली स्कुललाई पनि कर दाखिला गर्न निर्देशन दिँदै महानगरले पत्र काटेको छ । भीजी अटो, आर्दशनगर बिजनेस, रञ्जना ट्रेड सेन्टर,, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, रिद्धिसिद्धि डेभलपर्सलाई पनि पत्र काटिएको छ । व्यक्तिहरुमा रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे, सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकाररविजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषोत्तम सांघाईलाई पनि कर तिर्नका लागि महानगरपालिकाले निर्देशन दिएको छ ।

अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर

काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ […]