३ दिन अघि मुस्लिम आयोगका अध्यक्षमा नियुक्त भएका समिम मियाँ अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। नागरिकता विवादमा परेका अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्न नहुने भन्दै कपिलवस्तुका अब्दुल सलामले आइतबार सर्वोच्चमा रिट हालेका हुन्।