७ मन्त्रीको नियुक्ति बदर माग गर्दै पुन: सर्वोच्चमा रिट

काठमाडौँ। नेकपा माओवादी केन्द्रबाट पार्टी परिवर्तन गरी नेकपा एमालेबाट मन्त्री बनेका ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गैरसांसद भएपनि मन्त्रीमा नियुक्त भएको भन्दै नियुक्ति बदरको अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

मुख्यमन्त्री खगराजको नियुक्ति खारेजीको माग गर्दै पाण्डेले दिए सर्वोच्चमा रिट

२७ चैत, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट हालेका छन् । सभामुख कृष्ण धितालकोसमेत …

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट - NepaliPatra

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो । पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्माले मंगलबार दिउँसो रिट दर्ता भएको जानकारी दिए । रिटमा सरकार गठनका लागि सभामुखलाई गणना […]

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो।

कृषिमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म र भावनाविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दे रिट दायर गर्नुभएको हो । रिट निवेदनमा यादवलाई मन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको संविधानको धाराले निजलाई […]

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधवार सुनुवाई हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा आफूलाई गैरकानूनीरुपमा हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्न माग गरेका छन्। उक्त रिटमाथि सुनुवाइको लागि बुधबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री,कुलमान घिसिङलगायतलाई विपक्षी बनाइएको छ।

संवैधानिक परिषद्को पछिल्लो सिफारिस विरुद्ध सर्वोच्चमा रिट दर्ता

संवैधानिक परिषद्ले वैशाख २६ मा गरेको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले आइतबार दर्ता गरेको हो ।  वैशाख २१ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश र सो अध्यादेशअनुसार २० जना पदाधिकारीलाई गरिएको नियुक्ति सिफारिस बदर गर्न माग गरिएको छ ।वैशाख २६ मा बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग र अख्तियार सहितका निकायमा २० जनालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।  वैशाख २१ मा नयाँ अध्यादेश ल्