नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेबिरुद्ध बलात्कारको उजुरी दिने पीडित युवतीलाई जिल्ला अदालत काठमाडौंले किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको सोमबारको एकल इजलासले पीडित राहत कोषबाट पीडित किशोरीलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । आदेशमा किशोरीको माग अनुसार सरकारी कोषबाट क्षतिपूर्ति दिलाउन …