बैंकिङ क्षेत्रमा खराब कर्जा ५.६६ प्रतिशत पुग्यो, फाइनान्स कम्पनीमा झन्डै १० प्रतिशत

नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन मसान्त २०८३ सम्मको प्रमुख वित्तीय सूचकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ५.६६ प्रतिशत खराब कर्जा रहेको छ। वर्गगत रूपमा हेर्दा ‘ग’ वर्गका वित्त कम्पनीमा खराब कर्जाको अनुपात सबैभन्दा उच्च ९.८९ प्रतिशत छ। ‘ख’ वर्गका विकास बैंकको खराब कर्जा ५.७७ […]