हजुरआमा ढोग गरेँ! चिन्नुभएन जस्तो छ म कान्छीको साहिँलो छोरो हजुरकाे मन पर्ने नाति। हजुरआमा! मलाई चिन्नुभएन भने मलाई दुःख अवश्य लाग्नेछ तर हजुरलाई कुनै दोष दिने छैन, हजुरको मस्तिष्कका कोषिकाहरू कमजोर भएका छन् अनुहारका विम्बहरू बिर्सँदै जानुभएको छ, आँखाहरू धुमलिएका छन्। हजुरलाई भेट्न आउँदा ‘कस्तो दुब्लो भएछ, के खान्छस्?’ भन्नुभएन भने मन खिन्न पार्नेछैन, […]