आठबीसकोटका मृतकका परिवारले पाए राहत

त्रिवेणी (रुकुम पश्चिम), २१ कात्तिक । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ । आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर वडा नं […]

सम्बन्धित सामग्री

युद्धमा परेका नेपाली नागरिकको उद्धार गर : आयोग

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आइतवार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’ रुस–युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानूनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएको, अझै पनि सयौंको संख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको बताएको छ । त्यस्तै, नेपाली नागरिक जहाँ, जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने समेत आयोगले बताएको छ ।

रूस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले रूस–युक्रेनको युद्धमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।आयोगले युद्धमा घाइते भएका नेपालीको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज (आइतवार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवार र घाइतेलाई राहत

भूकम्प पीडितलाई राहत दिन चिकित्सकसहित एमालेको टोली जाजरकोटको दुर्गम गाउँमा

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका पीडितहरुलाई राहत दिन नेकपा (एमाले) को टोली जिल्लाका दुर्गम गाउँ पुगेको छ । चिकित्सक सहितको टोलीले भूकम्पामा ज्यान गुमाएका मृतकका परिवार र अन्य पीडिंतहरुलाई राहत प्रदान गर्दै मनोपरामर्श समेत दिन सुरु गरेको टोलीका प्रमुख नेकपा (एमाले)का केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । भूकम्प प्रभावितहरुको […]