कास्कीमा पहिरोमा परी मृत्यु भएकाहरू घर परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ । विपद्् व्यवस्थापन समिति कास्कीको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मृतकका परिवारलाई प्रतिमृतक १ लाखको दरले तत्काल राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने भएको समितिले जनाएको छ । अबिरल वर्षाका कारण कास्कीमा ७ जनाको ज्यान गएकोमा मृतकका परिवार प्रतिगहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । साथै पीडित घरपरिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने भएको समितिले जारी गरेको विज्ञेप्तिमा उल्लेख छ ।