नेपाली काँग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले बाढी, पहिरो र डुबानमा परेकाहरुको सहयोगमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै तथा संगठन विभाग प्रमुख समेत रहको श्रेष्ठले बाढी पहिलो र डुबान प्रभावित जिल्लाका नेता कार्यकर्तालाई उद्दार र राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।यस्तै श्रेष्ठले घाइतेहरूको यथाशीघ्र उपचारको प्रबन्ध, बेपत्ताहरुको खोजतलास र मृतकका परिवार एवं प्रभावितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न सरकारसँग माग गरे । &