दार्चुलामा दुई हजार पाँच सयभन्दा बढीलाई ट्राफिक कारबाही
एक वर्षकाे अवधिमा दुई हजार पाँच सय बढी सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरिले जनएकाे छ ।
रसुवा । पासाङल्हामु मार्गअन्तर्गत रसुवामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिई आफूखुशी आउने, सवारीसाधनमा ब्लुबुक नराख्ने, सवारीचालक अनुमतिपत्र नबोक्ने, हलुका सवारीसाधन चालकको अनुमतिपत्रले ठूला कन्टेनर चलाउने जस्ता गतविधि हुन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अघि बढाएको हो ।
चालू आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० ओटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भइरहेको जिल्ला ट्राफिक कार्यालय रसुवाले बताएको छ । आठ महीनामा सात सय २५ मोटरसाइकल, ६ सय २९ कार जीप, एक सय आठ ओटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए । रासस
गुल्मी : गुल्मीमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन घन गर्ने पाँच हजार आठ सय सवारी साधनधनीलाई कारबाही गरिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनदेखि फागुनसम्म ट्राफिक नियम उल्लंघन गर्ने तीन सय ८१ ट्रक, एक सय ९८ बस, दुई हजार एक सय ५० जिप कार, तीन सय ३८ ट्याक्टर, दुई हजार ७ सय ३३ मोटरसाइकललाई कारबाही गरिएको हो। जिल्ला ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी सवारी