१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिर)

१८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले १८ महिने बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग समेत गरे ।श्रीमती संगठन नेपालको आयोजनामा भएको सो प्रदर्शनपछि हत्या गरेकी बालिकाको आत्मशान्तिको कामना गर्दै मैनबत्ती समेत बालिएको थियो ।  केहीदिन अघि मोरङ बेलबारी ८ की १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको थियो ।&nbs

सम्बन्धित सामग्री

भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।

सम्झनालाई न्याय माग्दै आज पनि माइतीघरमा प्रदर्शन

काठमाडौं: बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन्। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्। तीन दिन यता उनीहरुले

सम्झनालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं: बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग

बलात्कारीलाई फाँसी दिन माग गर्दै क्रान्तिकारीको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकटको अनेरास्ववियू क्रान्तिकारीले सुर्खेतमा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दाङमा प्रदर्शन गरेको छ। दाङका मुख्य बजारहरू तुलसीपुर र घोराहीमा क्रान्तिकारीले दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको हो। घोराहीमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य प्रितिमा चौधरीको नेतृत्व र तुलसीपुरमा क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काको नेतृत्वमा प्रदर्शन भएको हो। प्रदर्शन पूर्व उनीहरूले बजारमा र्‍याली…