दाङ : पछिल्लो समय दाङका युवाहरु व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्। घोराही उपमहानगरपालिका केही वडामा युवाहरूले व्यावसायिक फूलखेती गर्दै आइरहेका छन्।यस्तै‚ तुलसीपुर उपमहानगरपालिका-८ दुधेनाका पाँच जना युवाहरूले फूल खेती गरेका छन्। सात कट्ठा जमिन मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर सयपत्री फूलखेती गरेको आहा अभियानका संयोजक दीपक काफ्लेले बताए।तिहारलगायत अन्य कुनै कार्यक्रममा फूल नहुँदा समस्या हुने भएकाले परीक्षणका लागि पहिलो पटक फूल खेती गरेको काफ्लेले बताए। खेतीका लागि अहिलेसम्म करिब एक