निषेधाज्ञाका कारण फूल खेतीमा करोडौंको नोक्सानी

चितवन । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण चितवनको फूल खेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सानी प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूल खेती गरी उक्त घाटा भएको आकलन गरिएको  हो । फूलको माग राम्रै भए पनि निषेधाज्ञाका कारण बजार नपाउँदा नोक्सानी बेहोर्नुपरेको एसोसिएसनले जानकारी दिएको छ । निषेधाज्ञापछि करिब डेढ महिने अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको एसोसिएसनका अध्यक्ष प्रकाश पन्तले बताए । विशेषगरी तयारी अवस्थाका ग्लाडियस, गोदावरी र सयपत्री फूल बिक्री गर्न नसकिँदा  बारीमै सुकेका छन् । आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदावरी फूल सुकेपछि ५ लाख रुपैयाँ नोक्सान भएको उनको भनाइ छ । ‘अन्य किसानको पनि १ देखि २५ लाख रुपैयाँसम्मको नोक्सानी भएको छ’, उनले भने, सबै गरी ५ करोड बराबरको क्षति आकलन गरेका छौं ।’ पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर आइसकेका फूल बजारमा जान नसक्दा  र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्य रोकिँदा यसको  असर फूल व्यवसायमा परेको हो  । भरतपुर महानगरपालिका–१८ का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूल खेतीमा नोक्सानी भएको बताउँछन् । गत वर्षदेखिको कोरोना महामारीका कारण फूलको माग भए पनि प्रयोगमा नआउँदा फूल खेती किसानले नोक्सान बेहोर्नुपरेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । अहिले फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञा कारण सुकेपछि जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक साता भन्दा बढी राख्नै मिल्दैन’, अर्यालले भने, निषेधाज्ञा खुल्ने टुंगो छैन । जोत्नुको विकल्प छैन ।’ निषेधाज्ञाकै कारण बारीमा फुलिसकेका फूल ओइल्याएका छन् भने कतिपयले लागत बराबरमै बिक्री गर्दा पनि माग शून्यजस्तै छ । व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने किसानले पनि बिक्री नभएको बताएका छन् । विशेषगरी काठमाडौं र पोखरालगायतका सहरमा चितवनको फूल जाने गरेको छ । ‘चितवनमा फूल बिक्री ठप्पजस्तै छ’, भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, ‘अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केही मात्र अर्डर छ । त्यो पनि फाइदा नखाई पठाएको छु ।’ बाह्रैमासे बिक्री हुने सयपत्री फूल पनि अहिले बिक्री हुन नसकेको उनको भनाइ छ । पाख्रिनको दुई बिघा क्षेत्रफलमा सयपत्री ढकमक्क फुलिरहे पनि महँगो भाडा तिरेर काठमाडौं पठाउनुपरेकोे पाख्रिनको गुनासो छ । सयपत्री फूल एक गाडीको १० हजार  तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा बिक्री गर्नुपरेकोे उनको भनाइ छ   । पछिल्लो समय चितवनमा फूल खेतीको आकर्षण बढ्दै गएको थियो । तर, पटक–पटकको बन्दाबन्दी र निषेधाज्ञाले फूल खेती गर्ने किसान नोक्सानीमा परेका छन्  । यसले गर्दा हाल न नर्सरीका बिरुवा फूल बिकेका छन्, न त तयार भएका फूल नै बिक्न सकेका छन् । यस्तै अवस्था रहने  हो भने अधिकांश फूल खेती किसान विस्थापित हुने र फूलका लागि फेरि भारतलगायत अन्य तेस्रो मुलुकसँग भरपर्नुपर्ने अवस्था आउने किसानको भना छ । एसोसिएसनका अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुदै आएको छ । यहाँ  व्यावसायिक फूल खेती गर्नेको संख्या ५० जना र भने फूलको नर्सरी एवं गार्डेनिङ गर्नेको संख्या  २० हाराहारी छ । चितवनमा बुकी फूल, कटफ्लाबर, रोज र ग्याडोलसजस्ता मौसमी फूलको व्यावसायिक खेती हुँदै आएको छ ।

सम्बन्धित सामग्री

व्यावसायिक फूल खेतीमा आकर्षण

सिराहा, लहान–१८ का रमानन्द महतो फूल खेती गरेर राम्रो कमाइ गर्ने सुरमा हुनुहुन्छ । छ वर्षअघिदेखि नै फूल खेतीतर्फ रुचि राख्ने रमानन्द अहिले व्यावसायिक खेती गर्न लागिपर्नु भएको छ ।

फूल खेती गोडमेल

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित तुरुन्तपुरमा इन्द्रा बुढाले व्यावसायिक रुपमा तिहारलाई लक्षित गरेर गर्नुभएको फूल खेतीमा उम्रेको झार गोडमेल गरिँदै ।

फूल खेतीमा रमाउँदै चर्तीमगर

नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ । अरूले भन्दा फरक केही काम गर्नु पर्छ भन्ने मान्यताका साथ आफू फूल खेतीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो सानैदेखिको रहर थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो । फूल खेतीका बारेमा सामान्य कुरा बुझेँ र जिल्लामा फूलको माग पनि रहेछ ।” फूल व्यवसाय सुरु गर्दा कम लगानीले पनि पुग्ने र बजार पनि निकै राम्रो भएकाले फूल व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । फूल खेतीबाट आम्दानी पनि राम्रै भएकाले आफू निरन्तर फूल खेतीमा लागेको उहाँको भनाइ छ ।

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

देउखुरी– दाङमा व्यावसायिक फूल खेतीमा युवाको आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन् । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायिक फूल खेती विस्तार गरेका हुन् । दाङमा […]

जागिर छोडेर फूल खेती

लमजुङ । २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् । नर्सरीबाट बाह्रमासे दुई सय भन्दा […] The post जागिर छोडेर फूल खेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शाखा प्रमुखको जागिर छोडेर फूल खेती

काठमाडौँ- २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेंसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर उनी फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् । नर्सरीबाट बाह्रमासे दुई सयभन्दा बढी […]

जागिर छोडेर फूल खेती, मासिक दुई लाख आम्दानी

लमजुङ। २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् । नर्सरीबाट बाह्रमासे दुई सय भन्दा बढी […]

व्यावसायिक फूल खेतीमा रमाउँदै किसान

कपिलवस्तु – बारीभरि ढकमक्क फूल फुलेका छन् । नजिकिएको तिहारका लागि फुलेको फूल टिप्न भ्याइनभ्याइ भएको छ । फुलेका फूललाई कसैले टिप्ने र कसैले माला उन्ने काममा व्यस्त देखिन्छन् । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पँगेनीले घोराही उपमहानगर–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेको बारीमा देखिएको दृश्य हो यो । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिरहेका […]

फूल खेतीमा युवाहरूको आकर्षण

दाङ : पछिल्लो समय दाङका युवाहरु व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्। घोराही उपमहानगरपालिका केही वडामा युवाहरूले व्यावसायिक फूलखेती गर्दै आइरहेका छन्।यस्तै‚ तुलसीपुर उपमहानगरपालिका-८ दुधेनाका पाँच जना युवाहरूले फूल खेती गरेका छन्। सात कट्ठा जमिन मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर सयपत्री फूलखेती गरेको आहा अभियानका संयोजक दीपक काफ्लेले बताए।तिहारलगायत अन्य कुनै कार्यक्रममा फूल नहुँदा समस्या हुने भएकाले परीक्षणका लागि पहिलो पटक फूल खेती गरेको काफ्लेले बताए। खेतीका लागि अहिलेसम्म करिब एक

गाउँपालिकाले गर्‍यो फूल खेतीको शुरूआत

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती शुरूआत गरेको छ । गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि २ ठाउँमा फूल खेती शुरू गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । वडा नम्बर ४ को पुछारमा १४ रोपनी र वडा नम्बर ७ को बारिचौरमा ६ रोपनी जग्गा भाडामा लिई पहिलो चरणमा सयपत्री र मखमली फूलका बिरुवा लगाएको उनले बताए ।   चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै...