दाङ : दाङमा प्रहरीले जबर्जस्ती करणीका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ। राप्ती गाउँपालिका-४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई मंगलबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।उनलाई जबर्जस्ती करणीसम्बन्धी कसुर मुद्दामा तत्कालीन पुनरावेदन अदालत तुलसीपुर दाङले २०६२ असार ५ गते ५ वर्षसम्म कैद तोकेपछि उनी हालसम्म फरार रहेका थिए।उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेर जिल्ला अदालत दाङमा पेश गरिएको र कैद भुक्तानका लागि जिल्ला कारागार