डडेल्धुरामा फरार अभियुक्त धमाधम पक्राउ

डडेल्धुरा : डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको सक्रियताले ९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारत

सम्बन्धित सामग्री

फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई बुधबार पक्राउ गरेको हो । ३१ जेठ ०७५ मा सल्यान कुमाख गाउँपालिका–६ दारिमपाखास्थित...

२ महिनामा ४३ फरार अभियुक्त पक्राउ

उदयपुर प्रहरीले दुई महिनाको अवधिमा झण्डै ४ दर्जन फरार अभियुक्त पक्राउ गरेर सजायको भागीदार बनाएको छ। चालु आर्थिक वर्ष सुरु भएपछिको साउन १ देखि भदौ ३१ गतेसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्लाप्रहरी कार्यालयले जनाएक...

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोशी–५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो। तामाङलाई २०७७...

लमजुङमा एक वर्षमा ६० फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० फरार अभियुक्त पक्राउ गरेको छ। लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला...

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

दाङमा एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कर्तव्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०६६ बैशाख २७ गते फैसला गरे पनि हालसम्म फरार...

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।