काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलोपटक देखेको बताए।उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको जिकिर गरे।उनले भने, ‘संसदमा बिरलै देखिने दृश्य आज देखियो। सामान्यतया स