अर्थमन्त्री निर्दोष साबित भएर फेरि मन्त्रालयमा फर्किने पुनको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानबिनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानबिनबाट निर्दोष साबित भएपछि शर्मा नै पुनस् अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् । उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । […]