संस्था नवीकरण नै नगरी विद्युत् सेवा, राज्यको सुविधाबाट वञ्चित हुँदै नागरिक

पर्वत : वर्षौं पहिले गाउँ–गाउँमा विद्युत् विस्तार गर्नको लागि गाउँमा नै सामुदायिक संस्थाहरू गठन गरिए। ती संस्थाहरूले नै गाउँमा विस्तार गरिएको विद्युतको व्यवस्थापनको काम गर्दै आए।अहिले पनि ती संस्थाले नै विद्युत् उपभोक्ताहरू बनाउने  र उनीहरूबाट महसुल सङ्कलनको काम गर्दै आएका छन्। नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पर्वत वितरण केन्द्रसँग थोक मूल्यमा खरिद गरेको विद्युत् उपभोक्तालाई खुद्रा मूल्यमा बिक्री गर्ने काम संस्थाहरूले गर्दै आइरहेका छन्।गाउँमा विद्युत् सेवा विस्तार र त्यसको व्

सम्बन्धित सामग्री

विद्युत् योजना २ वर्षदेखि अलपत्र

अदानचुली गाउँपालिका–४, ५ र ६ का विभिन्न गाउँमा विद्युत् सेवा विस्तार गर्न २ वर्षअघि पोल गाडेर तार जोडिए पनि स्थानीयवासी विद्युत् सुविधाबाट वञ्चित छन् । स्थानीयले बिजुली बाल्न घरघरमा वायरिङ गरे पनि अझै सोलार, टुकी र सल्ले झर्रोको भरमा रात गुजार्नुपर्ने बाध्यता छ ।

दरखोला लघुजलविद्युत् परियोजना पुन : सञ्चालनमा, उत्पादन घटेर ३५ किलोवाटमा सीमित

फागुन २, म्याग्दी । गत भदौ महीनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुन : निर्माण गरी सञ्चालन भएको छ ।  भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युतगृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।  गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रू. २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए । ‘गत पुस महीनादेखि शुरु भएको लघुजलविद्युत् परियोजना मर्मत गरेर आइतवार परीक्षण विद्युत् उत्पादन सफल भयो’, उनले भने, ‘केही दिनमै नियमित विद्युत् आपूर्ति हुन्छ ।’ परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रू. १२ लाख र धौलागिरि गाउँपालिकाले रू. दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए । परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युतगृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।   खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जानकारी दिएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।  परियोजना बन्द हुँदा घरायसी काम, विद्यार्थीको पठनपाठन, मोबाइल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसललगायतका घरेलु उद्योगलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताए ।  गाउँपालिका अध्यक्ष थमसरा पुनले परीक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताको बैठक बसेर नियमितरुपमा विद्युत् सेवा सञ्चालन गरिने बताए । ‘दुर्गम बस्ती विद्युत् सुविधाबाट वञ्चित हुँदा सास्ती भएको थियो’, उनले भने, ‘विद्युतको समस्यालाई गम्भीरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयवासीलाई अँध्यारोमै बसिरहनुपर्ने बाध्यता हटेको छ ।’ बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका मेसिन उपकरण नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरी विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ ।  विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रू. ८५ लाख ९७ हजार, गाउँपालिकाको रू. ५० लाख, रू. ३३ लाख बराबरको श्रमदान र रू. पाँच लाख तीन हजार चन्दा सहयोगमा परियोजना निर्माण भएको थियो । जुगेपानीको पहिरोले नहर र विद्युतगृहमा क्षति पुगेपछि परियोजना स्थानान्तरण गरिएको वडाध्यक्ष विकले जानकारी दिए । रासस