दरखोला लघुजलविद्युत् परियोजना पुन : सञ्चालनमा, उत्पादन घटेर ३५ किलोवाटमा सीमित

फागुन २, म्याग्दी । गत भदौ महीनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुन : निर्माण गरी सञ्चालन भएको छ ।  भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युतगृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।  गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रू. २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए । ‘गत पुस महीनादेखि शुरु भएको लघुजलविद्युत् परियोजना मर्मत गरेर आइतवार परीक्षण विद्युत् उत्पादन सफल भयो’, उनले भने, ‘केही दिनमै नियमित विद्युत् आपूर्ति हुन्छ ।’ परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रू. १२ लाख र धौलागिरि गाउँपालिकाले रू. दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए । परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युतगृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।   खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जानकारी दिएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।  परियोजना बन्द हुँदा घरायसी काम, विद्यार्थीको पठनपाठन, मोबाइल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसललगायतका घरेलु उद्योगलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताए ।  गाउँपालिका अध्यक्ष थमसरा पुनले परीक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताको बैठक बसेर नियमितरुपमा विद्युत् सेवा सञ्चालन गरिने बताए । ‘दुर्गम बस्ती विद्युत् सुविधाबाट वञ्चित हुँदा सास्ती भएको थियो’, उनले भने, ‘विद्युतको समस्यालाई गम्भीरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयवासीलाई अँध्यारोमै बसिरहनुपर्ने बाध्यता हटेको छ ।’ बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका मेसिन उपकरण नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरी विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ ।  विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रू. ८५ लाख ९७ हजार, गाउँपालिकाको रू. ५० लाख, रू. ३३ लाख बराबरको श्रमदान र रू. पाँच लाख तीन हजार चन्दा सहयोगमा परियोजना निर्माण भएको थियो । जुगेपानीको पहिरोले नहर र विद्युतगृहमा क्षति पुगेपछि परियोजना स्थानान्तरण गरिएको वडाध्यक्ष विकले जानकारी दिए । रासस 

सम्बन्धित सामग्री

रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दी, २९ भदौ । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको […]

मालिका गाउँपालिकामा रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताए । […]

रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताए । “गाउँपालिकाले तीन सय १५ एमएम क्षमताको एक सय ३८ मिटर पाइप उपलब्ध गराएको थियो”, उनले भने, “परियोजनासँग रहे

म्याग्दीका १५ ठाउँमा सौर्य ऊर्जा जडान

म्याग्दी– गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफैँ श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् […]

म्याग्दीका १५ ठाउँमा सौर्य ऊर्जा जडान

अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफैँ श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन्। केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्...

म्याग्दीको मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो ।धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिइन् । “कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ। दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन्।...

नहर भत्किएपछि लघुजलविद्युत् परियोजना बन्द

धवलागिरी गाउपालिका–६ मा रहेको मराङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । नहर भत्कीएपछि आइतबार देखि ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।

पहिरोले चार लघुजलविद्युत् परियोजना बन्द, १५०० घरधुरी प्रभावित

बाबियाचौर । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् ।

पहिरोले म्याग्दीका चार लघुजलविद्युत् परियोजना बन्द

म्याग्दी । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पुर्‍याउँदै आएका परियोजना बन्द...