काठमाडौँ- औषधि व्यवस्था विभागको महानिर्देशक पदमा सरकारले भरत भट्टराईलाई नियुक्ति दिए पनि पूर्वमहानिर्देशक नारायण ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा प्रशासनिक काममा अप्ठेरो सिर्जना भएको छ। एक साताअघि स्वास्थ्यमन्त्री विरोध खतिवडाले विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्ति दिएका थिए। यद्यपि यसअघिका महानिर्देशक नारायण ढकालले उनलाई जिम्मेवारी हस्तान्तरण गरेका छैनन्। ‘ढकाल सर नियमित रुपमा कार्यालय आएर महानिर्देशककै कार्यकक्षमा बस्नुहुन्छ, भट्टराई […]