यसरी समाधान गर्न सकिन्छ प्लम्बिङका अप्ठेरा

काठमाडौं । घर बनाएर मात्र हुँदैन । घर निर्माण गर्दा नै राम्रोसँग प्लम्बिङ नगरिए सधैंभर खर्च गरिरहनुपर्ने बाध्यता हुन्छ । सबैका घरमा प्लम्बिङसम्बन्धी समस्या बारम्बार बल्झिरहने गर्छ । कहिले पाइप जाम हुने, कहिले पानी लिक हुने, कहिले मंगाल जाम हुने, कहिले धारा टुटफुट हुने आदि समस्या आइरहन्छ । नयाँ जडानमा भन्दा पुरानो मर्मतमा बढी खर्च हुन्छ । किनभने, थोरै कामका लागि पनि एउटा मिस्त्रीको ज्याला पूरै दिनको दिनुपर्ने हुन्छ र टुटफुट भएका र बिग्रेका सामान फेर्नुपर्दा दोहोरो खर्च गर्नुपर्छ । पाइप फिटिङमा त्रुटि प्लम्बिङमा समस्या आउनुमा कम गुणस्तरको सामान प्रयोग गर्नु, फिटिङ कार्यमा कम अनुभवी र कम दक्ष प्लम्बर मिस्त्रीबाट हुनु, पानी फोहोर हुनु र शौचालय, बाथरुम र बेसिनमा जथाभावी फोहोर याँक्नु हो । इन्जिनियर तिलक बानिया र प्लम्बर मिस्त्री विनोद पुन यो कुरामा सहमत छन् । नयाँ घर बनाउँदा नै पाइप जडानमा विशेष ध्यान दिन सकिए यी समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसैले नयाँ घरमा पाइप जडान गर्दा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । पहिलो, शौचालय, बाथरुम र किचेनको पानी निकासका लागि जडान गरिने पाइप र मंगलमा विशेष ध्यान दिन जरुरी छ । किनभने, बढी जाम हुने समस्या यही नै हुन्छ । फोहोर पानी निकासका लागि एचडीपीई पाइप (कालो पाइप) प्रयोग गरिन्छ । यो पाइप बिछ्याउँदा बढी घुमाउरो बाटो प्रयोग गर्नुहुँदैन । घुमाउनैपर्ने अवस्था आए मंगाल बनाएर मात्र घुमाउनुपर्छ । ढलको व्यवस्था छैन भने शौचालयको  पानी निकासका लागि छुट्टै पाइप र बाथरुम, किचन सिंक, वास बेसिन आदिको पानी निकासका लागि अर्को पाइप प्रयोग गर्नुपर्छ । यसले सेफ्टी ट्यांकी छिटो भरिनबाट रोक्न सकिन्छ । पाइप बिछ्याउने जमिनको लेबल स्लोप मिलाएर खन्नुपर्छ र जम्परले जमिन थिचेर बलियो बनाउनुपर्छ । यसो गर्दा पाइप बांगिने, जमिन भासिने र जाम हुने समस्या हुँदैन । यदि पहिलो मंगलबाट ढल वा सेफ्टी ट्यांकी टाढा छ भने बीचमा अर्को मंगल बनाउनुपर्छ । यसो गरिए जाम भए त्यसलाई खुलाउन र मर्मत गर्न सजिलो हुने इन्जिनियर बानिया बताउँछन् । दोस्रो, पानी आपूर्ति गर्ने पाइप जडानमा विशेष ध्यान दिनुपर्छ । अहिले नयाँ प्रचलनमा पाइप व्यवस्थित गरिराख्न ‘भ्वाइड’ राख्ने प्रविधि आएको छ । घर बनाउँदा घरको साइडमा छतदेखि भुइँतलासम्म पर्खाल वा कुनै कभरिङ बनाइन्छ र पाइप त्यही कभरिङभित्र राख्न मिल्ने गरिन्छ । यसले पाइपलाई छरपस्ट एवं भद्दा देखिनबाट बचाउँछ र घरको स्वरूप बिगार्नबाट बचाउँछ । यस्तो भ्वाइड बनाउँदा सकभर पाइप जोड्दा घुम्ती नहुने गरी शौचालय, बाथरुम, किचनको नजिक पर्ने गरी बनाउनुपर्छ । पाइप जडान गर्दा तत्काल तातो पानी प्रयोग नगर्ने भए पनि तातो पानी र चिसो पानीका लागि छुट्टाछुट्टै पाइप जडान गर्नुपर्छ । पानीको ट्यांकीबाट पाइप जोड्दा भेन्ट पाइप जोड्न/छुटाउनुहुँदैन । भेन्ट पाइप राख्दा ट्यांकीमा प्वाल पारेर त्यहाँ एउटा टी जोडिन्छ । उक्त टीबाट ट्यांकीको उचाइभन्दा केही माथि पाइपको मुख निकाल्नुपर्छ । यसले हावा पास गर्छ । पानी ओभर फलो भएको थाहा हुन्छ र पाइपमा पानी सहज रूपमा आपूर्ति गर्न सहयोग पुर्‍याउँछ । पानी सबै तलामा सहज रूपमा आपूर्ति गर्दा विचार पु¥याउनुपर्ने अर्को कुरा के भने भुइँ तलामा पुग्ने र बाँकी तलामा जाने तातो एवं चिसो पानीका लागि छुट्टाछुट्टै पाइप राख्नुपर्छ । बाथरुम, किचन सिंक, बेसिन र पाइप जोडेर घुमाउने ज्वाइनिङमा डोर टीको प्रयोग गर्नु अनिवार्य छ । यसले जाम भए र मर्मत गर्नुपरे सजिलो हुन्छ । सावर, किचन सिंक, बेसिनजस्ता स्थानमा पी ट्रयापको प्रयोग गर्नुपर्छ । पी ट्रयापमा सधैं अलिकति पानी रहन्छ र त्यसले सेफ्टी ट्यांकी वा पाइपबाट आउने दुर्गन्ध त्यही रोकिन्छ, कोठामा आउन दिँदैन । प्लम्बिङमा प्रयोग गरिने पाइप शौचालय, बाथरुम, किचन आदिका फोहोर पानी निकासमा प्रयोग गरिने पाइपलाई एचडीपीई (कालो पाइप) भनिन्छ । यो १६ मिमिदेखि १६०० मिमिसम्म साइजमा पाइन्छ । यसलाई आवश्यकताअनुसार र घरको आकारअनुरूप सानोदेखि ठूलो साइजमा प्रयोग गर्न सकिन्छ । शौचालय, बाथरुम, किचन आदिमा पानी आपूर्ति गर्न हाल बजारमा पाइने जीआई, पीपीआर, सीपीभीसी र पीभीसी पाइप प्रयोग गर्न सकिन्छ । पुराना घरमा जीआई पाइप प्रयोग गरिन्थ्यो । जीआई पाइप खिया लागेर बढी जाम हुने समस्या आउने र फिटिङ गर्न कठिन हुने मात्र होइन, मर्मत गर्नसमेत अप्ठेरो हुने भएकाले हाल यसको प्रयोग कम हुन थालेको छ । त्यसपछि बजारमा पीपीआर पाइप आएको छ । यसलाई फिटिङ गर्न हिटिङ मेसिन प्रयोग गर्नुपर्छ । एक पाइपबाट अर्को पाइप जोड्न हिटिङ मेसिनबाट पाइप तताउँदा दुई जना कामदार चाहिने, निकै बल प्रयोग गर्नुपर्ने, समयभित्र जोड्न नसके ज्वाइन बिग्रेर बांगोटिंगो हुने हुँदा पानी जाम हुने सम्भावना रहन्छ । त्यसैको विकल्पस्वरूप हाल बजारमा सीपीभीसी पाइप आएको छ । यसलाई जोड्न गम प्रयोग गरिन्छ, जसले जोड्न सजिलो र छिटोछरितो हुन्छ । यसले पानी जाम हुने सम्भावना पनि कम रहन्छ । भित्री बाथरुम, किचन, बेसिनमा पीभीसी पाइप प्रयोग गरिए त्यो टिकाउ हुने इन्जिनियर बानियाको सुझाव छ । जाम रोक्ने विधि सकभर धेरै घुमाउनुपर्ने गरी लामो पाइप प्रयोग नगर्ने । यदि गर्नैपर्ने बाध्यता भए त्यो ज्वाइनमा डोर टी प्रयोग गर्ने । पाइप जडान गर्दा पनि मुखमा वा सुरुमा केहि ओरालो हुने गरी स्लोप गर्दै लग्नुपर्छ । यसले पानीको निकास सहज  भई जाम हुनबाट बचाउँछ । सफा पानीको प्रयोग गर्ने र समय–समयमा ट्यांकी सफा गर्ने । पाइप फिटिङ वा ज्वाइनिङमा प्लम्बिङ (सिलिङ) टेपको प्रयोग गर्ने । फिटिङ सकेपछि पानी चलाएर लिक भए÷नभएकोबारे जानकारी लिने र आवश्यक सुधार गर्ने । गुणस्तरीय सामान प्रयोग गर्ने एवं अनुभवी र दक्ष मिस्त्रीबाट काम गराउने ।

सम्बन्धित सामग्री

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडाैं । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, […]

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् । ‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, […]

त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए । उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् । लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ […]

निजी क्षेत्रका समस्या समाधान गर्न माग

मोरङ व्यापार संघले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ।

भूमिहीनको समस्या दुई वर्ष भित्रमा समाधान गरिने

सरकारे भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ।

भूमिसम्बन्धी समस्याको समाधान खोजिने

भूमीसम्बन्धी समस्याको दिगो रूपमा समाधान खोजिने भएको छ । भूमिहीन सुकुम्बासी, मुक्तकमैया लगायतको समस्या ज्यूँका त्यूँ रहिरहेको भन्दै यस्ता समस्याको दिगो समाधान गरेर अगाडि बढ्ने सरकाले तयारी गरेको हो ।कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीशशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताउँदै भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान […]

नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ । आज बिहानदेखि टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको हो । कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको हो ।

वार्ताबाट समाधान खोज्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ ।        “कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मा...