वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । बागलुङमा चट्याङबाट बर्सेनि ठूलो जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ । जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ–‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत