अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी ५३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा परी उनीहरूको मृत्यु भएको हो । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।