सिरी ए उपाधि छिनोफानो आज

इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज (आइतबार) राति हुँदैछन् । आज हुने खेलहरूले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ ।शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीलाई जितको आवश्यक छ । दुवै टोलीले जित निकालेमा उपाधि एसी मिलानले जित्नेछ ।एसी मिलानले सासुलोसँग खेल्नेछ । यो खेल राति ११ः४५ बाट सुरु हुनेछ । यसै समयमा हुने अर्को खेलमा इन्ट

सम्बन्धित सामग्री

महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]

इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानलाई

काठमाडौं । यस वर्षको इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानले जितेको छ । सिजनको अन्तिम खेलमा सासुओलोलाई ३–० ले हराउँदै मिलानले ११ वर्षमा पहिलो पटक ‘सिरी–ए’ जितेको हो । आइतबार राती निर्णायक खेलमा मिलानलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा फ्रयाङ्क किसीले एक गोल गरेका थिए । मिलानको यो जितसँगै उसकै शहरको […]

एसी मिलानले जित्यो सिरी ‘ए’ को उपाधि

काठमाडौँ – अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो । मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे […]

मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – एसी मिलान ११ वर्षपछि इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ च्याम्पियन बनेको छ । सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० ले पराजित गर्दै मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो । यसअघि मिलान सन् २०१०–११ को सिजनमा च्याम्पियन बनेको थियो । त्यसयता टोलीले थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको थियो । सस्सुलोको […]

इटालियन सिरी ए मा नापोलीको पहिलो हार

६ मंसिर, काठमाडौं । शीर्ष स्थानको नापोलीले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएर पनि नापोली साविक विजेता इन्टर मिलानसंग ३-२ ले पराजित भयो । घरेलु मैदानमा इन्टरलाई जिताउन हाकन चाल्हानोग्लु, इभान पेरिसिक र लाउटारो मार्टिनेजले गोल गरे । नापोलीका लागि पिटर जेलिन्स्की र ड्राइस मर्टेन्सले गोल […]

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्टसका लागि १० औँ मिनेटमा पउलो डिबाला, ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनार्दो बानुकी तथा ५७ औँ मिनेटमा मानुएल लोकातेलीले गोल गरेका हुन् । साम्पडोरियका लागि योशिदाले ४४ औँ तथा […]

इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित

काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले साम्पडोरियामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिरी ए फुटबलमा नापोलीको यो लगातार पाचौं जित हो ।खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा फाबियनले गोल गर्दै टिमको […]

नेपोली सिरी ‘ए’ को दोस्रो स्थानमा, च्याम्पियन्स लिगको सम्भावना बलियो

एजेन्सी। नेपोलीले इटालियन सिरी ‘ए’ मा युडिनेसलाई ५–१ ले हराउँदै शीर्ष चारको सम्भावना बलियो बनाएको छ। जेनेरो गटुसोको नेपोलीले एटलान्टा र एसी मिलानलाई एक अंकले पछि पारेको छ भने पाँचौं स्थानको युभेन्टसभन्दा चार अंकले माथि छ। सिरी ‘ए’ को शीर्ष चार क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन्। सिरी उपाधि भने यसअघि नै इन्टर मिलानले जितिसकेको छ।

सिरी ए बाट युभेन्टसलाई हटाउने चेतावनी

इटालियन फुटबल फेडेरेसनले युभेन्टसलाई सिरी ए फुटबलबाट निष्काशन गर्ने चेतावनी दिएको छ। प्रस्तावित युरोपियन सुपर लिगमा कायम रहेमा युभेन्टसलाई सिरी ए बाट निष्काशन गर्ने अध्यक्ष गाब्रियल ग्राविनाले चेतावनी दिएका हुन्। युभेन्टससहित स्पेनका बार्सिलोना र रियल मड्रिडले अझै युरोपियन सुपर लिगबाट बाहिर निकालेका छैनन्। सुपर लिगको विरोधपछि ६ वटा इग्लिस क्लबले भने गत महिना नै नाम फिर्ता लिएका थिए ।