एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]
काठमाडौं । यस वर्षको इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानले जितेको छ । सिजनको अन्तिम खेलमा सासुओलोलाई ३–० ले हराउँदै मिलानले ११ वर्षमा पहिलो पटक ‘सिरी–ए’ जितेको हो । आइतबार राती निर्णायक खेलमा मिलानलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा फ्रयाङ्क किसीले एक गोल गरेका थिए । मिलानको यो जितसँगै उसकै शहरको […]
काठमाडौँ – अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो । मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे […]
एजेन्सी – एसी मिलान ११ वर्षपछि इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ च्याम्पियन बनेको छ । सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० ले पराजित गर्दै मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो । यसअघि मिलान सन् २०१०–११ को सिजनमा च्याम्पियन बनेको थियो । त्यसयता टोलीले थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको थियो । सस्सुलोको […]
१ चैत, काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ । टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी […]
६ मंसिर, काठमाडौं । शीर्ष स्थानको नापोलीले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएर पनि नापोली साविक विजेता इन्टर मिलानसंग ३-२ ले पराजित भयो । घरेलु मैदानमा इन्टरलाई जिताउन हाकन चाल्हानोग्लु, इभान पेरिसिक र लाउटारो मार्टिनेजले गोल गरे । नापोलीका लागि पिटर जेलिन्स्की र ड्राइस मर्टेन्सले गोल […]
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्टसका लागि १० औँ मिनेटमा पउलो डिबाला, ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनार्दो बानुकी तथा ५७ औँ मिनेटमा मानुएल लोकातेलीले गोल गरेका हुन् । साम्पडोरियका लागि योशिदाले ४४ औँ तथा […]
काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले साम्पडोरियामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिरी ए फुटबलमा नापोलीको यो लगातार पाचौं जित हो ।खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा फाबियनले गोल गर्दै टिमको […]
एजेन्सी। नेपोलीले इटालियन सिरी ‘ए’ मा युडिनेसलाई ५–१ ले हराउँदै शीर्ष चारको सम्भावना बलियो बनाएको छ। जेनेरो गटुसोको नेपोलीले एटलान्टा र एसी मिलानलाई एक अंकले पछि पारेको छ भने पाँचौं स्थानको युभेन्टसभन्दा चार अंकले माथि छ। सिरी ‘ए’ को शीर्ष चार क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन्। सिरी उपाधि भने यसअघि नै इन्टर मिलानले जितिसकेको छ।
इटालियन फुटबल फेडेरेसनले युभेन्टसलाई सिरी ए फुटबलबाट निष्काशन गर्ने चेतावनी दिएको छ। प्रस्तावित युरोपियन सुपर लिगमा कायम रहेमा युभेन्टसलाई सिरी ए बाट निष्काशन गर्ने अध्यक्ष गाब्रियल ग्राविनाले चेतावनी दिएका हुन्। युभेन्टससहित स्पेनका बार्सिलोना र रियल मड्रिडले अझै युरोपियन सुपर लिगबाट बाहिर निकालेका छैनन्। सुपर लिगको विरोधपछि ६ वटा इग्लिस क्लबले भने गत महिना नै नाम फिर्ता लिएका थिए ।