लघुवित्तलाई शेयर र ऋणपत्र किन्न रोक

काठमाडौं । अब लघुवित्त कम्पनीहरूले कुनै पनि संस्थाको शेयर, ऋणपत्र र सामूहिक लगानी कोषमा कुनै पनि प्रकारको लगानी गर्न नपाउने भएका छन् । यसअघि लघुवित्तहरूलाई लघुवित्तकै शेयर, ऋणपत्र किन्न रोक लगाइएको थियो । तर, अब कुनै पनि संस्थाको शेयर तथा ऋणपत्र किन्न नपाउने गरी नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरूलाई यस्तो निर्देशन जारी गरेको हो । नयाँ निर्देशनअनुसार अब लघुवित्त कम्पनीहरूले उक्त क्षेत्रहरूमा लगानी गर्न पाउने छैनन् । यसअघि नै त्यस्ता शेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा लगानी गरेको भए २०७९ असार मसान्तभित्र विक्री गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ । तर, सरकारी ऋणपत्रमा लगाानी गर्न भने यस निर्देशनले रोक नलगाउने राष्ट्र बैंकको भनाइ छ । लघुवित्तले यसअघि धितोपत्र विनिमय बजारमा सूचीकृत भइनसकेको कुनै पनि कम्पनीको शेयर तथा डिबेन्चरमा लगानी गरेको भएमा त्यस बराबरको रकम समायोजन कोषमा जम्मा गर्नुपर्ने बताइएको छ । साथै, त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेन्चर विक्री नभएसम्म खर्च गर्न नपाइने बताइएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले अब लघुवित्तले शेयर, ऋणपत्र किन्न नपाउने बताए । ‘लघुवित्त कम्पनीहरू फरक उद्देश्यले स्थापना भएका हुन् । व्यापारका लागि स्थापना गरिएको होइन,’ उनले भने, ‘अब उनीहरूले आप्mनो उद्देश्यअनुरूप नै काम गर्नुपर्छ । त्यसैले यसमा रोक लगाएका हौं ।’ ऋणपत्रमा लगानी गर्न रोक लगाइए पनि थोक कारोबार गर्ने लघुवित्तलाई सहायक आवधिक ऋणपत्र जारी गर्न भने बाटो खुला गरिएको छ । त्यस्ता लघुवित्तले तोकिएको मापदण्ड पूरा गरेर चुक्ता पूँजीको बढीमा २५ प्रतिशतसम्मको ऋणपत्र जारी गर्न सक्ने नयाँ व्यवस्था गरिएको छ । यसरी जारी ऋणपत्रलाई ६ महीनाभित्रमा नेपाल धितोपत्र विनिमय बजारमा सूचीकृत पनि गर्नुपर्ने निर्देशनमा उल्लेख छ । यस्तै, लघुवित्तलाई सर्वसाधारणबाट निक्षेप परिचालन गर्न पनि रोक लगाइएको छ । तर, यसअघि नै राष्ट्र बैंकबाट स्वीकृति लिई निक्षेप परिचालन गरिरहेका लघुवित्तहरूले तोकिएको सीमा तथा मापदण्डमा रहेर काम गर्नुपर्ने बताइएको छ । यसअघि खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्तलाई मात्रा सर्वसाधारणबाट निक्षेप परिचालन गर्न रोक लगाइएको थियो । तर, अहिले आएर सबै लघुवित्तलाई यसमा रोक लगाइको छ । यस्तै, राष्ट्रस्तरका लघुवित्तहरूलाई प्रादेशिक कार्यालय स्थापना गर्न पनि बाटो खुला गरिएको छ । एकै प्रदेशभित्रका शाखा कार्यालयहरूलाई एउटै प्रादेशिक कार्यालयको मातहतमा राख्ने गरी यस्तो व्यवस्था गरिएको हो । त्यस्ता प्रादेशिक कार्यालयले आफू मातहतका शाखा कार्यालयहरूको कामकारबाहीको अनुगमन, निरीक्षण तथा लेखापरीक्षणको कार्य गर्न सक्नेछन् । साथै, केन्द्रीय कार्यालयबाट प्राप्त मसलन्दको व्यवस्थापन गर्ने, नयाँ शाखा कार्यालयका लागि सम्भाव्यता गर्ने, सम्बद्ध प्रदेशअन्तर्गतका शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनवाइ गर्नेजस्ता कार्यहरू पनि गर्न सकिनेछ । यद्यपि, काठमाडौं उपत्यकामा भने प्रादेशिक कार्यालय स्थापना गर्न नपाइन निर्देशनमा उल्लेख छ । अब लघुवित्तहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार उच्च पदस्थ व्यक्तिहरूको पनि पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ । लघुवित्तले आप्mनो ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापित गर्दा वा कारोबार गर्दा उच्च पदस्थ व्यक्तिको पहिचान गर्ने संयन्त्रको विकास गर्नुपर्ने निर्देशनमा उल्लेख छ । यस क्रममा उच्च पदस्थ व्यक्तिको परिवार तथा सम्बद्ध व्यक्तिको समेत पहिचान गर्नुपर्ने छ । साथै, उच्च पदस्थ व्यक्तिसँग व्यावसायिक सम्बन्ध स्थापना गर्न लघुवित्तको माथिल्लो व्यवस्थापकीय तहको स्वीकृति लिनुपर्ने बताइएको छ । अब लघुवित्तले आप्mनो सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उनीहरूसँग सम्बद्ध व्यक्तिलाई कर्जा तथा सापटी दिन नपाउने व्यवस्था पनि गरिएको छ । यसअघि सञ्चालक तथा शेयरधनी, कर्मचारीलाई कर्जा तथा सापटी दिन रोक लगााइएको थियो । सञ्चालक, शेयरधनी, कार्यकारी प्रमुख, लेखापरीक्षक, कर्मचारी र निजहरूसँग व्यक्तिलाई कर्जा दिन रोक लगाइएको छ । संस्थापक शेयरधनी, १ प्रतिशत वा सोभन्दा बढी शेयर लिएका व्यक्ति/फर्म, कार्यकारी प्रमुख, बहालवाला लेखापरीक्षक तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा सञ्चालक मनोनीत वा नियुक्ति गर्ने अधिकार पाएका फर्म, कम्पनी वा संस्थालाई कर्जा÷सापटी प्रदान गर्न नपाइने बताइएको छ ।

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने

महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको छ ।  बैंकले ऋणपत्र निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।उक्त ऋणपत्र म

लघुवित्तलाई ऋणपत्र जारी गर्न पाउने छुट

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले सबै प्रकारका लघुवित्त वित्तीय संस्थालाई आफ्नो पुँजी कोष बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो । यसअघि थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । […]

एसबीआई बैंकको ऋणपत्र बिक्री खुला

नेपाल एसबीआई  बैंकले बैंकले आज बुधबारबाट ऋणपत्र बिक्री खुला गर्दैछ । यसले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ ।यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत व्या

ऋणपत्र बिक्रीका लागि सम्झौता

कुमारी बैंकले ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो।...

लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

थोक लघुवित्तको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत रकमसम्मको ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन २०७७ संशोधन गरी लघुवित्तलाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरूलाई पुँजीको स्रोत जुटाउनका लागि ऋणपत्र जारी गर्न दिने घोषणा गरिएको थियो […]

नेप्सेद्वारा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं, २५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचिकृत भएको हो । कम्पनीले ८ दशमलव ५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७ नामक ऋणपत्र सूचिकत गरेका नेप्सेले जनाएको छ । आइतवारदेखि लगानीकर्ताले ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।

नेप्सेद्वारा दुई बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं, २२ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत गरेको छ । नेप्सेको अनुसार प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र र सांग्रिला डेभलपमेण्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । यस ऋणपत्र मंगलवार (आज) देखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् […]

एनएमबि बैंकको ऋणपत्र बाँडफाँट

एनएमबि बैंकले यही जेठ २ गतेदेखि ६ गतेसम्म बिक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो ।तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ११ गते ऋणपत्र बाँडफाँट गरेको बैंकले जानकारी दिएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र […]

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, २८ बैशाख । राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र विक्रि गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड बराबरको इकाई ऋणपत्र विक्रि गर्न अनुमति दिएको हो । कुल २५ लाख इकाईमध्ये १५ लाख इकाई ऋणपत्र बैंक आफैले संस्थाहरुलाई र १० लाख इकाई ऋणपत्र सर्वसाधारणको लागि विक्रि […]

१८ अर्बको कृषि ऋणपत्र स्वीकृत

काठमाडौं। नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको कृषि ऋणपत्र स्वीकृत गरेको छ। केन्द्रीय बैंकले कृषि क्षेत्रमा दिर्घकालिन साधानको उपलब्धता सहज बनाउन कृषि ऋणपत्र जारी गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो। सोहीअनुसार, कृषि क्षेत्रमा ज्ञान भएका वाणिज्य बैंकले हालसम्म उक्त रुपैयाँको ऋणपत्र जारी गरेका हुन्।