दुई भीमकाय पहराका बीच भएर बग्छ थुन्ने खोला । पुथा उत्तरगंगा गाउँपालिका–२ मा पर्ने यही खोलामाथि पेल्मा र तातोपानी जोड्ने निर्माणाधिन झोलुंगे पुल यतिबेला आकर्षणको केन्द्र बनेको छ । झट्ट हेर्दा असम्भवझैं लाग्ने यस्तो ठाउँमा पुल बनेपछि स्थानीयको यात्रा छोटो र सहज त भएको छ नै, सँगसँगै यसले फरक सुन्दरतासमेत प्रदान गरेको स्थानीय बताउँछन् ।