कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिएको दोधारा चादँनी झोलुंगे पुल । एसियाकै लामो मानिने झोलुंगे पुल आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।तस्बिर ः रासस
काठमाडौं । ललितपुरमा ‘झोलुंगे पुल फोटो प्रदर्शनी’ सुरु भएको छ । नेपालमा हालसम्म १० हजारभन्दा बढी झोलुंगे पुल निर्माण सम्पन्न भएको अवसर पारेर स्थानीय पूर्वाधार विभाग (डोली)ले दुईदिने फोटो प्रदर्शनी आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रदर्शनीमा विभिन्न फोटो पत्रकारले खिचेका तस्वीरहरु राखिएको छ । कार्यक्रमलाई झोलुंगे पुल सहयोग इकाई(हेल्भेटास) नेपालले सहयोग गरेको छ । […]
म्याग्दीको मंगला गाउँपालिका-२ सिम र वडा नम्बर ३ सातबिसे जोड्ने झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी नदीमा बनेको झोलुंगे पुल निर्माणले करिब एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत् उक्त १ सय १० मिटर पुल निर्माण गरेको हो । निर्माण व्यवसायीले निर्धारित समयमै पुल निर्माणकार्य सम्पन्न गरेको […]
बागलुङ : बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। बागलुङ नपा–४ कुडुले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नपा–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै नागरिकको यात्राको समय छोट्टिएको छ। अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्य रूपमा बढेको छ।झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल थपिएको एक वर्षमै बागलुङ नपा
कास्कीको पर्यटकीयस्थल रुपाताल माथि झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । पर्यटनकीय दृष्टिकोणले तथा पोखरा र रुपा गाउँपालिका जोड्ने उक्त झोलुंगे पुल निर्माणले आफूहरूलाई धेरै फाइदा भएको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए ।२ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएसँगै पोखरा महानगरपालिका–३१ र कास्कीको रुपा गाउँपालिका–६ को जनजीवन सहज हुने उनले जनाए । […]
पोखराको पर्यटकीय गन्तव्य रूपातालमाथि झोलुंगे पुल निर्माण भएको छ। पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ को मिलनविन्दु सिमलटुँडामा बनेको पुलको मंगलबार उद्घाटन गरियो।...
रुकुम- नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुंगे पुल प्रयोगविहीन बन्न थालेका छन् । कुनैबेला एक ठाउँबाट अर्कोठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाइएका झोलुंगे पुल प्रयोगविहीन बन्न लागेका हुन् ।पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरेबल पुल निर्माण भएसँंगै जिल्लाका विभिन्न क्षेत्रमा बनाइएका झोलुंगे पुल अहिले […]
खोटाङ र ओखलढुगाको सिमाना दूधकोसी नदीमा झोलुंगे पुल बन्ने भएको छ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो । पुलको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।सल्लेको टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुंगे पुल आगामी […]
गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए ।
सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केप...
मनाङ – मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।
झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिनुभयो । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।...
१९ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै बगाले खोलामा झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ र वडा नम्बर ९ जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । झोलुंगे पुल बनेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । हिजोआज पुल हेर्न र फोटो खिचाउन जानेहरुको संख्या बढेको छ । नगरपालिका कार्यालय र […]