फिल्म समाजको ऐना हो तर यसले सेन्सर बार्डका यस्ता मापदण्डबाट गुज्रिनुपर्छ जसले फिल्म कस्ता खालका दर्शक वर्गलाई देखाउन लायक छ भनेर निश्चित गर्ने गर्छ । हरेक देशको आफ्नै सेन्सर बोर्ड हुन्छ जसले फिल्म रिलिज हुनुअघि हेरेर यसको अनुसन्धान गर्छ । फिल्मको कहानीलाई वास्तविकताको नजिक ल्याउनका लागि निर्माताले हरेक दृश्यलाई जीवन्त राख्ने कोसिस गर्छन् ।फिल्मले सीमा नाघ्यो:त्यसैले हत्याको दृश्य होस् वा बलात्कारको, निर्माताले त्यसलाई बढीभन्दा बढी वास्तविक देखाउने कोसिस गर्छन् । यद्यपि, बढी कलात्मक हुने को