नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए नोबेलले रु १५ लाख दिने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई रू १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले …

सम्बन्धित सामग्री

टी–२० विश्वकपमा छनोट भएकामा प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।

विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक - प्रशिक्षक देसाई

काठमाण्डाै – जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्किएको छ ।आज शुक्रवार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे । भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली...

फड्को मारेका कुशल

नेपाली क्रिकेट टोली अघिल्लो महिना ठूलो उद्देश्यका साथ ओमान पुगेको थियो । विश्वकपमा छनोट हुन नसकेपछि नेपाल त्यो लक्ष्यमा पुग्न सकेन । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ट्वान्टी–२० अन्तर्राष्ट्रिय ब्याटर वरीयता हेर्ने हो भने नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलको स्थान पत्याउन गाह्रो हुन्छ ।

आईसीसी टी-२० ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो

यसै वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने आशासहित ओमान पुगेको नेपाली क्रिकेट टोली तेस्रो स्थानमा रहन सफल भएको छ । बिहिबार भएको खेलमा ओमानलाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहेर नेपालले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । कुल पाँच खेलेको नेपालले चार खेलमा विजयी रह्यो भने सेमिफाइनलमा युएईसंग पराजित भएपछि विश्वकप यात्राको ढोका बन्द …

नेपाली क्रिकेट टोली ओमान प्रस्थान : दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्य

आइसिसी टी–२० ग्लोबल छनोटमा नेपाल समूह एमा छ  । यस समूहमा नेपालले क्यानडा, ओमान र फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने विश्वकपमा स्थान सुरक्षित...