गण्डकी यातायात कार्यालयले सवारी चालक अनुमति पत्रको परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको छ । स्मार्ट लाइसेन्स वितरणका नाममा वर्षौँसम्म लाइसेन्स उपलब्ध गराउन नसकेर आलोचना खेप्दै आएका कार्यालयले अब भने राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र दिने दाबी गरेको हो ।शुक्रबार अस्थायी परीक्षणकालीन चालक अनुमति पत्र वितरण कार्यको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुभारम्भ गरे । मन्त्री खड्काले यातायात कार्यालयलाई पेपर लेस बनाउने यो