सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो ।सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टर