काठमाडौं।अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउन सहमत भएका छन्। नेपाल र भारतबीचको सहसचिव स्तरीय बैठक सुरु भएको छ। आईएमई पे र ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य हुने भएको छ। जापानले नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन्।