नेप्सेमा ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा चिलिमे हाइड्रोको ७.५ प्रतिशतले हुन आउने ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत  भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

सम्बन्धित सामग्री

फागुनमा १७ करोड ४७ हजारभन्दा बढी कित्ता धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुनमा १७ करोड ४७ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता धितोपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार एक कम्पनीको ऋणपत्र, दुई कम्पनीको हकप्रद शेयर र २० कम्पनीको बोनस शेयर गरी उक्त कित्ता धितोपत्र सूचीकृत भएको हो । यो महीना सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंकको ९ प्रतिशत ब्याजदरको सात वर्षे अवधिको ३० लाख कित्ता ऋणपत्र फागुनमा सूचीकृत भएको छ । त्यस्तै यो महिना अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता र घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद शेयरसमेत फागुनमै सूचीकृत भएको हो । नेप्सेको तथ्याङ्क अनुसार २० कम्पनीको बोनस शेयर वापत ५ करोड ४८ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता शेयर सूचीकृत भएको छ । माघको तुलनामा फागुनमा सूचीकृत धितोपत्रको संख्यामा वृद्धि भएको छ । माघमा १० करोड १० लाख ८६ हजार ७१० कित्ता धितोपत्र सूचीकृत भएको थियो । नेप्सेका अनुसार माघमा एक म्युचुअल फण्डको इकाई र चार कम्पनीको बोनस शेयरबापत उक्त संख्यामा धितोपत्र सूचीकृत भएको थियो । फागुनमा सूचीकृत बोनस शेयर, ऋणपत्र र हकप्रद शेयरको कित्ता स्रोत : नेप्से ।

चिलिमे हाइड्रोपावरको ७.५% बोनस शेयर सूचीकृत

फागुन २२, काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

४०.५७ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोड बराबरको शेयर खरीदविक्री

माघ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४० दशमलव ५७ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८३६ दशलमव १७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ७३ हजार १९२ पटकमा रू. ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० दशमलव ४७  मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य ८ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५७५  पुगेको हो ।  त्यसैगरी यो दिन दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडडको शेयरमूल्य ३ दशमलव ८० प्रतिशतले वृद्धि भएर रू. ८२० पुगेको छ । उता यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ७६३ दशमलव ३० मा झरेको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशतले घटेर रू. १ हजार ५०६ मा कायम भएको छ । आइतवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ५४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९९ कायम भएको छ । त्यसैगरी दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू.४२ करोड ४७ लाख बराबरकोशेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट कायम हुन आउने चुक्तापूँजी ७ अर्ब १९ करोड रुपैयाँको कुल १४ दशलमव ७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तर यो प्रस्तावलाई लगानीकर्ताले सहज रुपमा लिन सकेनन् । परिणामस्वरुप कम्पनीको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशतले घट्न पुग्यो । यो दिन कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । कारोबारमा आएका १३  ओटा समूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको १ दशलमव शून्य ४ प्रतिशत,व्यापार समूहको १ दशमलव ६६ प्रतिशत,ब्यापार समूहको १ दशमलव ६६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ५९ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ९६ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव १३ प्रतिशतले घटेको छ ।  यसैगरी वित्त समूहको २ दशमलव ४१ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ९९ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ८२ प्रतिशत,अन्य समूहको १ दशमलव ६८ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ३७ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ३१ प्रतिशतका दरले घटेको छ ।  केहि दिन अघि मात्र केन्द्रीय बैंकले ७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेहरुको विवरण मागेको थियो । यसबाट लगानीकर्तामा अन्योलता बढेको जस्तो अनुमान गरिएको छ । यो दिनको कारोबारमा सवै समूह घट्नुको कारण केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई उक्त विवरण माग्नु त हैन भन्ने आशंका गर्ने ठाउँ पनि छ । हुन त यस्तो विवरण माग्नुको कारण डिजिटल कारोबार वा क्रिप्टोकरेन्सीलगायतका कारोबारलाई निरुत्साहित गर्नलाई हो । निश्चय नै यो शंका निवारण भएपछि बजार त बढ्छ नै ।

३.३३ अंक बढेर २७७९.९८ विन्दुमा नेप्से, २ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३३ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७७९ दशमलव ९८ विन्दु्मा पुगेको हो । यो दिन कारोवारमा आएका २२४ ओटा धितोपत्रको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ५० हजार ९६५ पटकमा रू.३ अर्ब ३४ करोड ३४ लाख१३ हजार ६८४ दशमलव शून्य ३मा  खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३३८ दशमलव २० र बुद्धभुमि नेपालको रू.५०९ दशमलव ५० पुगेको हो । त्यसैगरी यो दिन शेयरमूल्य घट्नेमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको ४ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४५ दशमलव १० मा झरेको हो । त्यसैगरी युनाइटेड इदीमार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत घटेर रू. ५८६ मा झरेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीको रू.२० करोड २ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३१ कायम भएको छ । कम्पनीले शेयरधनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. ११ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ समूहमध्ये सात ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।    समूहगत परिसूचक बढ्नेमा हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत,वित्त समूहको शून्य दशमलव ६१ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै अन्य समूहको शून्य दशमलव ८४ प्रतिशत ,लघुवित्त समूहको शून्य दशमलव १ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशतका दरले वृद्धि भएको छ ।  त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव २४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ६९ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ४३ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशलमव ५८ प्रतिशतका दरले घटेको छ ।  बजार निरतन्र घटेसँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ । सोही कारण यो दिन कारोबार पनि घटेको छ । एक दुई दिनदेखि बजारमा पुन तरलता अभाव भएको हल्ला चल्न थालेको छ । सोही कारण लगानीकर्ताहरु अझै बजार घट्ने हो कि भन्ने आकलन गर्न थालेका छन् ।