सुर्खेत-२ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत - सुर्खेत क्षेत्र नम्बर २  प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार उहाँले नेकपा एमालेका अमृत बिसीलाई  ५ हजार ६७ मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । थानीले ३४ हजार ६२५ मत ल्याउनु भएको छ । एमालेका बिसीले २९ हजार ५५८ मत ल्याउनु भएको छ ।  

सम्बन्धित सामग्री

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए । सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले […]

सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानी बलियो स्थितिमा

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतका दुई वटै क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धन र एमालेबीच प्रमुख प्रतिस्पर्धाको स्थिति देखिएको छ । गठबन्धनको मत बलियो देखिँदा एमालेलाई दुवै क्षेत्रमा जितका लागि चुनौती हुने देखिएको छ ।

पूर्णबहादुर खड्का सहभागि हुने कार्यक्रम शेखर पक्षद्वारा वहिस्कार

नेपाली कांग्रेस प्रदेश समितिले सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रम डा. शेखर कोईराला पक्षका नेता/कार्यकर्ताले वहिस्कार गरेका छन् । कार्यक्रममा सहभागि हुन उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आगेपछि कांग्रेसका अर्का नेता हृदयराम थानी ...

गृहजिल्ला पुगेका पूर्णबहादुर सहभागी कार्यक्रम शेखर समूहले गर्‍यो बहिष्कार

सुर्खेत । नेपाली कांग्रेस प्रदेश समितिले आज सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आइपुगेका छन् । आज बिहान बुद्ध एअरको जहाजबाट सुर्खेत आएका उपसभापति खड्का भीआईपी कक्षमा छिर्दै गर्दा कांग्रेसका अर्का प्रभावशाली नेता पूर्वमन्त्री हृदयराम थानी भने त्यही विमानबाट काठमाडौंतिर लागे । जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई शेखर […]