सुर्खेत । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशका शहरी भेगदेखि स्थानीय स्तरसम्म मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइएको यो दिवसले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि १६ दिनदेखि धर्नामा बसेका वादी समुदायका महिलालाई भने छोएन । १६ दिनदेखि भूमिको माग गर्दै धर्नामा बसेका महिला तथा बालबालिकाले राम्रोसँग खानसमेत नपाएको आन्दोलनरत वादी महिला भानु वादीले रातोपाटीलाई बताइन् । ‘यो नारी दिवस