टोकियो ओलम्पिकः १० औं दिन सकिँदा स्वर्ण पदकमा चीनको अग्रता कायम

काठमाडौं। टोकियो ओलम्पिक–२०२० को १० औं दिन सकिँदा पदक तालिकामा चीनको अग्रता कायमै छ। हालसम्म चीन २९ स्वर्ण, १७ रजत र १६ काश्यसहित ६२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ काश्य गरी ६४ र जापानले १७ स्वर्ण, ६ रजत र १० काश्यसहित ३३ पदकसहित तेस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः ११औं दिन २६ स्वर्णको छिनोफानो

एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज जिम्न्यास्टिक, एथलेटिक्स, बक्सिङ, साइक्लिङ, भारत्तोलन, कुस्तीलगायतका खेलहरुमा स्वर्णको छिनोफानो हुँदैछ । ४०० मिटर बाधा दौडमा नर्वेका कारस्टेन वारहल्मले विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितेका छन् । हकीमा भारतको महिला टोली बेल्जियमसँग पराजित भएको छ । पदक तालिकामा चीन […]

टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता, अमेरिका पछि पछि

एजेन्सी, १८ साउन । टोकियो ओलम्पिकको दशौं दिन पदक तालिकामा चीन अगाडि रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ । जापानको १७ स्वर्ण छ । अष्ट्रेलिया १४ स्वर्णका साथ चौंथो स्थानमा छ । ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णको […]

टोकियो ओलम्पिकः आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। जापानमा जारी टोकियो ओलम्पिकमा आज आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज पौडीमा चार, एथलेटिक्समा तीन, सुटिङ, भारोत्तोलन र सैलिङमा समान दुई तथा अर्चरी, ब्याडमिन्टन, फेन्सिङ, जुडो, रग्बी सेभेन, टेनिस, जिम्न्यास्टिक र ट्रायथलनमा समान एक गरी २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म १३७ स्वर्ण पदकको टुंगो लाग्दा ४२ देशले स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकः स्वर्ण पदकमा चीनको वर्चस्व कायमै

एजेन्सी। टोकियो ओलम्पिकमा सातौँ दिन सकिँदासम्म पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १९ स्वर्ण, १० रजत र ११ कास्य गरी कुल ४० पदकसहित चीन शीर्ष स्थानमा छ। १७ स्वर्ण, ४ रजत र ७ कांस्य गरी कुल २८ पदकसहित जापान दोस्रो स्थानमा छ। अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कांस्य गरी कुल ४१ पदकका साथ तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः सात खेलाडीले जिते दोहोरो स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकको पाँचौं दिन सकिँदा सात खेलाडीले दोहोरो स्वर्ण पदक जितेका छन्। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस, चीनकी सुटिङ खेलाडी याङ क्विन, बेलायतका पौडी खेलाडी डिन टम, जर्मनीको इक्विस्ट्रेन खेलाडी भोन ब्रेडो–वेर्नडल जेसिका, जापानको पौडी खेलाडी ओहाशी युई तथा कोरियाको महिला र पुरुष आर्चरी टिमले दोहोरो स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकः दोस्रो दिन पनि चीनको वर्चस्व, जापान दोस्रो

एजेन्सी। टोकियो ओलम्पिकको दोस्रो दिन पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १६ देशले स्वर्ण पदक जितेको दिन चीनको पोल्टामा ६ स्वर्ण, एक रजत र चार कांस्य पदक छ। जापानले पाँच र एक रजत जितेको छ। तेस्रो स्थानको अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कांस्य पदक जितेको छ। दक्षिण कोरियाले दुई स्वर्ण र तीन कांस्य पदक जितेको छ।

टोकियो ओलम्पिकः अमेरिकाको पोल्टामा अर्को स्वर्ण

एजेन्सी। अमेरिकाका विलियम्स शानरले टोकियो ओलम्पिकमा सुटिङको पुरुष १० मिटर एयर राइफलमा स्वर्ण पदक जितेका छन्। दोस्रो दिन अमेरिकाको यो दोस्रो स्वर्ण पदक हो। २० वर्षीय शानरको यो पहिलो ओलम्पिक हो। उनले ओलम्पिक कीर्तिमान २५१.६ अंक जोडेका थिए। चीनका १६ वर्षे शेङ लिहाओले रजत पदक जिते। उनले २५०.९ अंक जोडे। २२९.४ अंक जोडेका चीनकै याङ हाओरनले काश्य पदक जिते।

टोकियो ओलम्पिकः दोस्रो दिन १८ स्वर्णका लागि प्रतिष्पर्धा

काठमाडौं, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन १८ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज सुटिङ, पौडी, जुडो, साइक्लिङ, डाइभिङ, आर्चरी, फेन्सिङलगायतका खेलहरुमा पदकका लागि प्रतिष्पर्धा तय छ । पौडीमा अमेरिकाले स्वर्ण पदक जितेको छ । सुटिङमा रुसले स्वर्ण जितेको छ । यसैगरी, टेनिसमा विश्व नम्बर १ अष्ट्रेलियाकी आस बार्टी पहिलो खेलमै पराजित भएकी […]

टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।

टोकियो ओलम्पिकः आयोजक जापानलाई पहिलो स्वर्ण

एजेन्सी। जुडो खेलाडी नाओहिसा ताकातोले टोकियो ओलम्पिकमा जापानका लागि पहिलो स्वर्ण पदक जितेका छन्। उनले ६० केजी तौल समूहमा ताइवानका याङ युङ–वेईलाई हराउँदै स्वर्ण पदक जितेका हुन्। काजकिस्तानका एल्डोस स्मेतोभ र फ्रान्सका लुका मेखेडेजेले कांस्य पदक जिते। जापानले एक स्वर्ण, एक रजत पदक जितेको छ। पहिलो दिन चीनले दुई स्वर्ण र एक कांस्य पदक जितेको छ।