टोकियो ओलम्पिकः स्वर्णमा जापानको वर्चश्व कायमै, चीन दोस्रोमा उक्लियो

एजेन्सी। टोकियो ओलम्पिक–२०२० को पाँचौं दिन सकिँदा स्वर्ण पदकमा जापानको वर्चश्व कायमै छ। जापान १३ स्वर्ण, ४ रजत र ५ काश्यगरी कुल २२ पदकका साथ शीर्ष स्थानमा छ। १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको चीन दोस्रो स्थानमा उक्लिएको छ। ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः कुल पदकमा चीनभन्दा अमेरिका निकै अगाडि

जापानको टोकियोमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा रोमाञ्चक स्थिति देखिएको छ । चीन र अमेरिकाबीच पदक तालिकामा निकै टक्कर देखिएको छ ।

टोकियो ओलम्पिकः १० औं दिन सकिँदा स्वर्ण पदकमा चीनको अग्रता कायम

काठमाडौं। टोकियो ओलम्पिक–२०२० को १० औं दिन सकिँदा पदक तालिकामा चीनको अग्रता कायमै छ। हालसम्म चीन २९ स्वर्ण, १७ रजत र १६ काश्यसहित ६२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ काश्य गरी ६४ र जापानले १७ स्वर्ण, ६ रजत र १० काश्यसहित ३३ पदकसहित तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः ४० देश तथा क्षेत्रले हात पारे ११५ स्वर्ण पदक

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म ४० देशले एक वा बढी स्वर्णपदक हात पारेका छन्।कुल ११५ स्वर्ण पदकको टुङ्गो लागिसक्दा पदक तालिकाको शीर्ष स्थानमा चीन रहेको छ। हालसम्म चीनले १५, जापानले १५, अमेरिकाले १४, रुसी खेलाडीले ८, अष्ट्रेलियाले ८, बेलायतले ५, दक्षिण कोरियाले ४, फ्रान्स, जर्मनी र क्यानडाले ३÷३ तथा इटाली, नेदरल्याण्ड्स, न्युजल्याण्ड, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले दुई–दुई स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः पदक तालिकामा जापान शीर्ष स्थानमा, अमेरिकालाई उछिन्दै चीन दोस्रो

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा १३ स्वर्ण, ४ रजत र ५ काश्यसहित कुल २२ पदकका साथ जापान शीर्ष स्थानमा छ। अमेरिकालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको चीनले हालसम्म १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक हात पारेको छ। तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।