मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाएपछि यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लालकिशोर यादवले जानकारी दिए। यसअघि पटकपटकको छलफलपछि पनि सहमति हुन […]

सम्बन्धित सामग्री

लोसपालाई महोत्तरी, जसपालाई बारा किन प्यारो ?

काठमाडौं । तराई मधेसको राजनीतिमा यतिबेला महोत्तरी र बारा जिल्लाको चर्चा हुन थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले बारा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको

जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन

जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् । मधेस प्रदेशका  पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।

जसपा मधेस प्रदेश : संसदीय दलको नेताका लागि भोलि निर्वाचन

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो

जसपा र लोसपाले मधेसमा अझै चयन गर्न सकेनन् दलको नेता

काठमाडौं, २३ पुष । मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान भइसक्दापनि जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले दलको नेता अझै चयन गर्न सकेका छैनन्। मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि शुक्रबार ६ दिनको समयसीमा दिएका छन्। मधेस सरकारको नेतृत्वको दाबी गरिरहेको जसपाको संसदीय दलको बैठक हिजो बसेपनि संसदीय दलको नेता टुगों लगाउन […]

जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ । तयारीका लागि बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदहरूको बैठक बसेको थियो । मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।

जसपा मधेस प्रदेशमा संसदीय दलको नेता चयन भोलि

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ । पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनको तयारी गरेको हो ।

जसपाले भोलि मधेस प्रदेश संसदीय दलको नेता चयन गर्ने

२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए । शुक्रबारसम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताए । पार्टीको केन्द्रीय समितिले […]

मधेस प्रदेशमा जसपाको संसदीय दलको नेता चयनका लागि समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।