जसपा र लोसपाले मधेसमा अझै चयन गर्न सकेनन् दलको नेता

काठमाडौं, २३ पुष । मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान भइसक्दापनि जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले दलको नेता अझै चयन गर्न सकेका छैनन्। मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि शुक्रबार ६ दिनको समयसीमा दिएका छन्। मधेस सरकारको नेतृत्वको दाबी गरिरहेको जसपाको संसदीय दलको बैठक हिजो बसेपनि संसदीय दलको नेता टुगों लगाउन […]

सम्बन्धित सामग्री

जसपा मधेस प्रदेशमा संसदीय दलको नेता चयन भोलि

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ । पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनको तयारी गरेको हो ।

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन

जसपा संसदीय दलको नेतामा  रामसायप्रसाद यादव चयन भएका छन् । उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो । जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी गर्दै आएका थिए ।

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता...

जसपा संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपासँग ७ जना प्रत्यक्ष र ५ […]

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । सो […] The post जसपा संसदीय दलको नेता यादव चयन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् । […]

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।  निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरेको छ ।  शुरूमा सर्वसम्मतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत् दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।  दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति छ ।

दलको नेता छान्दै जसपा, संसदीय दलको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले आज संसदीय दलको नेता चयन गर्दैछ। नेता छान्न सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान११बजे संसदीय दलको बैठक बस्ने जसपाका सांसद रेणुकुमारी यादवले जानकारी दिइन्। अहिले पनि निर्वाचन प्रक्रियाबारे छलफल गर्न जसपा सांसदहरुको छलफल चलिरहेको यादवले बताइन्। निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो। दलको नेतामा अध्यक्ष यादव चयन हुने निश्चित छ।

राजेन्द्र महतोलाई जसपा संसदीय दलको नेता चयन गरिसकिएको खुलासा, पत्र बुझाउन बाँकी

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर-वरिष्ठ नेता राजेन्द्र महतो पक्षले महतोलाई संसदीय दलको नेता चुनेको हो । बिहीवार नै जसपाका २० जना सांसदको बैठकले महतोलाई दलको नेताका रूपमा चयन गरेको एक सांसदले लोकान्तरलाई जानकारी दिए । ‘हिजो बसेको बैठकबाट नै दलको नेतामा बहुमत सांसदको उपस्थितिमा हामीले महतोलाई चयन गरेका छौं,’ ती सांसदले भने, ‘तर, संसद् सचिवालयमा उक्त पत्र दर्ता नहुञ्जेलसम्म बाहिर नल्याउने कुरा भएको थियो ।’

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्। बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको सांसद प्रमोद साहले जानकारी दिए। ’२० जनाले हस्ताक्षर गरेर दलको नेता चुनिएको हो। सर्वसम्मत हुन सकेन,’ साहले भने। उनका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय…