काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएकाे छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक काेराेना संक्रमण फैलिएको हाे । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै […]
विश्वभर ४०.५ प्रतिशत जनसंख्या खोपको पहुँचबाहिर, २० देशका १० प्रतिशतले समेत पाएनन् खोप
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी मानिएको खोप अझैसम्म विश्वका ४०.५ प्रतिशत जनसंख्याको पहुँचबाहिर छ । केही देशमा...
४ कात्तिक, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी २०२२ सम्म जारी रहने बताएको छ । विपन्न मुलुकले आवश्यकताअनुसार खोप प्राप्त नगरेका कारण कोभिड महामारी अझै एक वर्ष लम्बिने डब्लुएचओले बताएको हो । डब्लुएचओस्थित वरिष्ठ अधिकारी डा.ब्रुस एल्वर्डले यही कारण महामारी २०२२ सम्म जारी रहने बताए । खोपका लागि गरेको अर्डर फिर्ता लिन समेत डा. […]
काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै एक वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् २०२२ सम्म सजिलै तानिने डब्ल्युएचओको चेतावनी छ।डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिने बताए। डब्ल्युएचओको तथ्यांकअनुसार अफ्रिकी देशमा हालसम्म ५ प्रतिशतभन्दा कम मानिसले मात्रै कोरोनाविरुद्धको खोप प्राप्त गरेका छन्।जबकि अन्य देशमा कम्तीमा ४० प्रतिशले कोरोनाविरुद्धको पूर्ण
काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले […]
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।
एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।
काठमाडौँ, १५ जेठ: सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन रु २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताए । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रु ३७ अर्ब […]
काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । उनले निजामति अस्पताल पुगेर कोभिशिल्ड खोप लगाएका हुन् ।
उनले आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई आग्रह गर्दै कोरोना महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् ।
‘महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछ’, देउवाले ट्वीटरमार्फत भनेका छन् ।