कोरोना महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरेका छाैँ : सरकारका प्रवक्ता

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले (काेभिड–१९) कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताउनुभएको छ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमण बढेको भन्दै प्रवक्ता कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभएको छ । यस्तै उहाँले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ । उहाँले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्...