काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । उनले निजामति अस्पताल पुगेर कोभिशिल्ड खोप लगाएका हुन् ।
उनले आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई आग्रह गर्दै कोरोना महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् ।
‘महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछ’, देउवाले ट्वीटरमार्फत भनेका छन् ।