दाङ : लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर लिन पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजधानी क्षेत्रका बासिन्दाको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए। उनले जनताको सरकारले जनताको पक्षमा काम गर्ने भन्दै जनताका समस्या सरकारले समाधान गर्दै जाने र गरिरहेको समेत बताए।लुम्बिनी प्रदेश सरकार (तत्कालीन प्रदेश नं ५ सरकार, मन्त्रिपरिषद्) को