लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले ऋणको सीमा बढाउन माग गरेको छ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि लिखित सुझाव बुझाउँदै संघले धितो सुरक्षण लिई दिइने ऋणको सीमा प्रति ऋणी बढीमा २५ लाख रूपैयाँसम्म कायम गर्न आग्रह गरेको हो ।
हाल लघुवित्त संस्थाहरुले बिनाधितो ७ लाख रूपैयाँसम्म र धितो सुरक्षण लिइ १५ लाख रूपैयाँ ऋण लगानी गर्न पाउँछन् । लघुकर्जा र लघु व्यवसाय वा परियोजना सञ्चालन तथा प्रवद्र्धन गर्नका लागि कर्जाको सीमा बढाउन सुझाव दिइएको संघका अध्यक्ष बसन्त लम्सालले जानकारी दि...