काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे सरकारको धारणा पुनः माग गर्नुभएकाे छ । आज मङ्गलवार दिउँसाे प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरू नै नेपाल आउनुपर्ने हो र भनी प्रश्नसमेत गर्नुभयो ।पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकारको धारणा नआइ आफूहरूले त्यसबारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्याउनुभयाे । उह...