निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न - सबैले रुखैरुख देखाेस् भनेर हरियाे मतपत्र राख्न लागेकाे हाे ?

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आज मङ्गलवार अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजाेर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभएकाे हाे । उहाँले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए आयोगले त्रुटि सच्याउन ...

सम्बन्धित सामग्री

ओलीकाे प्रश्न : नेकपा एसले कस्ताे राजनीति गरिरहेकाे छ ?

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न समेत गर्नु भयो । […]

सरकारलाई ओलीकाे प्रश्न : सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छ ?

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नाे शक्तिकाे दुरुपयाेग गरेर जथाभाबी सेना, प्रहरी परिचालन गरेकाे आरोप लगाउनुभएकाे छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले सर्वाेच्च अदालत फर्किने तयारी थालेपछि सरकारले जबराकाे निवास र सर्वाेच्चमा प्रहरी परिचालन गरेपछि अध्यक्ष ओलीले यस्ताे आराेप लगाउनुभएकाे हाे ।  आइतवार आफ्नै निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताउनु...

माओवादीलाई केपी ओलीकाे प्रश्न : १० वर्ष देश हिंसामा फस्यो, केका लागि?

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन्। मंगलबार पूर्वराजदूतहरूसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताएका हुन्। अध्यक्ष ओलीले भने, ‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि? […]

दिल्ली दूतावासमा चुच्चे नक्सा नराखिएकाेप्रति ओलीकाे प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो भन्दै आपति जनाउनु भएको छ । आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे । नेपाली […]

निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न - उम्मेदवारी दर्ता गर्न किन २ दिन समय दिएकाे ?

इलाम – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याएकोमा आपत्ति जनाउनुभएको छ ।इलामको फिक्कलमा आज आइतवार भएको आमसभामा अध्यक्ष ओलीले यसअघि सधैँ उम्मेदवारी दर्ताका लागि एक दिनको समय दिने निर्वाचन आयोगले यस पटक किन दुई दिन दिएको भनेर प्रश्न गर्नुभयो । पाँच दलीय सत्ता गठबन्धनमा उम्मेदवारको विषयमा कुरा नमिलेमा फेरि भोलिपल्ट पनि उम्मेदवार दिन पाइने व्यवस्था आयोगले गेरेको ओलीको आरोप छ ।आयोगले मतपत्रमा रुखको रङ्ग हरियो बनाउनका...

प्रचण्डलाई ओलीकाे प्रश्न - १०–१० हजार बाँडेर पूर्वलडाकुकाे व्यवस्थापन हुन्छ ?

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्ग्याउन नचाहेको आरोप लगाउनुभएकाे छ । पार्टीकाे दशाैँ महाधिवेशनकाे उद्घाटन समाराेहलाई आज शुक्रवार सम्बाेधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूकाे उपचार गर्न र समस्यामा परेकाहरूको समस्या समाधान गर्न पनि उहाँले अध्यक्ष दाहाललाई चुनौती दिनुभयो । यस्तै एमाले अध्यक्ष ओलीले पार्टीकाे महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्वलडाकुलाई पार्ट...

बाबुरामलाई ओलीकाे प्रश्न - छाेरीलाई बेलायतमा पढाउने आम्दानीकाे स्राेत के थियाे ?

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नुभयो भनेर प्रश्न गर्नुभएकाे छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रश्न गर्नुभएकाे हाे । आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पासपाेर्ट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेलायत पढ्न पठाए हाेला ? बेलायतमा...