ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।स्थानीयले बाजागाजासहित खुसीयाली मनाएर बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति शुक्रबार भेटिएको थियो । खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा प्याक गरेको अवस्थामा मूर्ति भेटिएको एसएसपी पोखरेलले बता